इरानीको दाबी– बहराइनस्थित अमेरिकी हवाई अड्डा ध्वस्त

94 Shares

काठमाडौँ । इरानी सरकारी मिडियाले बहराइन मा रहेको अमेरिकी हवाई अड्डामाथि गरिएको आक्रमणमा ठूलो क्षति पुगेको दाबी गरेको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स आईआरजीसीसँग सम्बद्ध फार्स समाचार एजेन्सीले सार्वजनिक गरेको भिडियोमा टाढास्थित लक्ष्यहरूमाथि रकेट तथा ड्रोन आक्रमण गरिएको दृश्य देखाइएको छ ।
समाचार प्रतिवेदनअनुसार आईआरजीसीका ड्रोन र मिसाइल आक्रमणले बहराइनको शेख इसा क्षेत्रमा अवस्थित अमेरिकी एयरबेसको कमाण्ड तथा स्टाफ भवन ध्वस्त पारेको र इन्धन ट्याङ्कीहरूमा विस्फोट भएको दाबी गरिएको छ ।
यद्यपि, उक्त दाबीबारे संयुक्त राज्य अमेरिकाबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
यसअघि बहराइनस्थित अमेरिकी नौसैनिक अड्डाबाट धुँवा उठिरहेको दृश्य सार्वजनिक भएको थियो । बढ्दो क्षेत्रीय तनावबीच अमेरिकी विदेश मन्त्रालयले बहराइनसहित मध्यपूर्वका विभिन्न देशहरूमा बसोबास गर्ने आफ्ना नागरिकहरूलाई तत्काल देश छोड्न निर्देशन दिएको जनाएको छ ।

सम्बन्धित समाचार