निर्वाचनमा नेपाल रेडक्रस सोसाइटीले एक हजार प्राथमिक उपचारक टोलि परिचालन गर्ने ।

8.1k Shares

काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि ४१ जिल्लामा एक हजार भन्दा बढी तालिम प्राप्त प्राथमिक उपचारक स्वयंसेवक परिचालन गर्ने भएको छ ।

निर्वाचनका दिन परिचालन हुनका लागि छानिएका काठमाडौ जिल्लाका स्वयंसेवकहरुलाइ आज आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्य बिभागका उप निर्देशक लिला खनालले जानकारी गराउनु भयो ।

सोही कार्यक्रममा रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले काठमाडौ जिल्लाका विभिन्न मतदान केन्द्रको नजिक रहने गरि प्राथमिक उपचार टोलि परिचालनका लागि पहिलो चरणमा ७५ जना दक्ष स्वयंसेवक छ्नौट गरिएको बताउनु भयो । यसरी छनौट गरिएका स्वयंसेवकहरुलाइ रेडक्रसको मूल्य र मान्यता भित्र रहि मानवीय सेवा गर्नका लागि छ । 

रेडक्रसको अन्तराष्ट्रीय महासङ्ध IFRC को आर्थिक एवम् प्राविधिक सहयोगमा सन्चालन हुने यस कार्यक्रममा स्वयंसेवकहरुले भिडका कारण हुन सक्ने घाउ चोटपटकको तत्कालीन उपचार र सिपिआर लगायतका सेवा दिने छन् ।IMG-20260209-WA0000.jpg

सम्बन्धित समाचार