इरानमा रहेका सबै नेपाली सुरक्षित छन्: परराष्ट्र मन्त्रालय

2.6k Shares

इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना आउने क्रममा छन्।
इजरायल र इरानमा रहेका नेपालीलाई सतर्क रहन र यात्रा नगर्न मन्त्रालयको आग्रह छ।
काठमाडौँ । इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । 

आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको बताए । मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको बताउँदै क्षेत्रीले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सतर्क र सचेतता पूर्वक रहन आग्रह गरिएको बताए । 

सकेसम्म घरभित्रै बस्ने, सतर्क रहने, आवश्यक सावधानी अपनाउने र आ–आफ्नो स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ । इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्व स्वीकृति बिना यात्रा नगर्न भनिएको छ भने नेपालबाट त्यता जाने सम्पूर्ण यात्रा रद्द गर्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सम्बन्धित समाचार