लगनखेलमा कपडा गोदाममा लागेको आगो नियन्त्रणमा

3.1k Shares

ललितपुरको लगनखेलस्थित कपडा गोदाममा आगलागी भएको थियो।
विद्युत् सर्ट भएर लागेको आगो दुई वटा दमकल प्रयोग गरी नियन्त्रणमा लिइयो।
आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
काठमाडौँ । ललितपुर महानगरपालिका–१२ लगनखेल स्थित कपडा गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । इन्द्रकुमार शिल्पकारको घरको तेस्रो तलामा विजयकुमार शाहले भाडामा लिएर सञ्चालन गरेको कपडा गोदाममा आगो लागेको हो । 

विद्युत् सर्ट भएको आगलागी भएको र दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । 

सो भवनमा बर्गर हाउस पनि सञ्चालन गरिएको छ । सोमबार बिहान लागेको आगो ९ बजे नियन्त्रणमा आएको हो । आगलागीबाट ६० लाख क्षति भएको आकलन गरिएको छ ।

सम्बन्धित समाचार