धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक

1.2k Shares

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको छ ।

माघ १६ बाट प्रदर्शनमा आएको नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती ९ दिनमा पाँच करोड नजिक व्यापार गरेको हो ।

चन्द्र पन्त निर्देशित यस फिल्मले गत शनिबारसम्म चार करोड ८० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो ।

बोर्डका अनुसार यो फिल्म हेर्नका लागि उक्त अवधिमा एक लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएको छ ।

माघ १६ बाटै अर्को फिल्म ‘द ब्ल्यू लाइट’ प्रदर्शनमा आएको थियो । यो फिल्मको व्यापार भने निकै न्यून छ । गत शनिबारसम्म यो फिल्मले तीन लाख १९ हजार मात्रै व्यापार गरेको छ ।

यो फिल्मका लागि ८३२ वटा मात्रै टिकट बिक्री भएको छ ।

‘आबाट आमा’ १६ फिल्मपछि पाँच करोड ग्रस कलेक्सन नजिक पुगेको हो । कात्तिक २१ गते प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले ६ करोडमाथि व्यापार गरेको थियो ।

त्यसयता ‘आबाट आमा’सम्म आइपुग्दा १६ फिल्म प्रदर्शनमा आए । धेरै फिल्मले एक करोड पनि ग्रस कलेक्सन गर्न सकेनन् ।

सम्बन्धित समाचार