4.5k
Shares
काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिपको खेल तालिका सार्वजनिक भएको छ । आउँदो मार्च २३ देखि शुरू हुने प्रतियोगिताका लागि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले आज खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित, आयोजक माल्दिभ्स, भूटान र श्रीलङ्का रहेका छन् । यस्तै समूह ‘बी’ मा भारत, पाकिस्तान र बङ्गलादेश रहेका छन् ।
नेपालले समूह चरणको पहिलो खेलमा मार्च २३ मा भूटान, दोस्रो खेलमा मार्च २५ मा श्रीलङ्का र तेस्रो खेलमा मार्च २७ मा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनल अप्रिल १ र फाइनल अप्रिल ३ मा हुनेछ ।