जनप्रतिनिधिले तीन लाखमा मिलाए बलात्कार घटना

18.3k Shares

कैलाली, पुस २५ । कैलालीमा ७७ वर्षीया वृद्धा बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा जनप्रतिनिधिसहित ५ जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जबरजस्ती करणीको घटना ढाकछोप गरेको आरोपमा घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने सहित ५ जना पक्राउ परेका हुन्।  यज्ञराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए । बलात्कार पीडित वृद्धाको उजुरी पछि न्यौपाने, सुवेदी, आचार्य र भट्टराई पुस १२ गते पक्राउ परेका थिए । प्रहरीका अनुसार सुवेदी भने पुस २३ गते पक्राउ परेका हुन् । 

वृद्धाले आफूमाथि भएको बलात्कार घटना झुक्याएर गाउँमै मिलापत्र गराएको आरोपमा ८ जना विरुद्ध प्रहरीमा पुस १२ गते उजुरी गरेकी थिइन् । 

पक्राउ परेकामाथि जबरजस्ती करणी घटनाको लुकाउने सघाएर मतियार बनेको अभियोगमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उजुरी परेका अन्य ३ जनाको खोजी भइरहेको छ ।

मंसिर १५ गतेका दिन वृद्धामाथि प्रकाश सुवेदीले जबरजस्ती गरेको उजुरीमा उल्लेख छ । तीन लाख रुपैयाँ दिने सहमतिमा घटनामा गाउँमै मिलाइएको वृद्धाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

सहमति भएअनुसार पैसा नपाएपछि वृद्धाले प्रहरीमा उजुरी गर्दा घटना बाहिरिएको हो। वृद्धाले दुई लाख रुपैयाँ मात्रै पाएको खुलेको छ ।

‘घटनाकै दिन प्रहरीमा आइरहेका थिए तर जनप्रतिनिधि लगायतले आउन दिएनन्। दबाब दिएर मिलापत्र गराए,’ वृद्धाले प्रहरीसमक्ष दिएको बयान उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘तीन लाख रुपैयाँ दिने भनेका थिए । तर दुई लाख रुपैयाँ मात्रै दिए ।’

सम्बन्धित समाचार