19k
Shares
काठमाडौं, पुस २५ । प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयत अन्तर्गतको कर्मचारी प्रशासन शाखाले आइतबार सरुवाको सूची सार्वजनिक गरेको छ । पुस महिनाको तलवभत्ता सरुवा भएकै ठाउँबाट प्राप्त गर्नेगरी सरुवा निकालिएको छ ।
सरुवा सूचीअनुसार झापामा विश्वमणि पोखरेललाई पठाइएको छ भने कन्चनपुरमा श्यामसिंह चौधरी, पूर्वी नवलपरासीमा प्रज्वल महर्जन र पाल्पामा जनकराज शाहीले जिम्मेवारी पाएका छन्। त्यसैगरी बारामा दीलिपसिंह देउवा पुगेका छन् ।
यस्तो छ सरुवा सूची



