बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

5.8k Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचारमा हिँड्दा अछाममा बेहस भई ढलेका पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत हुँदै काठमाडौं ल्याइएका सिटौला उपचाररत अस्पताल ग्रान्डीले आइतबार मृत घोषणा गरेको हो ।

शुक्रबार बिहान बेहोस भएका उनलाई त्यही दिन दिउँसो सेनाको स्काई ट्रकममा काठमाडौं ल्याएर ग्रान्डी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो ।

४४ वर्षीय सिटौला पछिल्लो समय फिल्महरूका मिडिया संयोजकका रुपमा सक्रिय थिए । उनले एक सिने अनलाइन पनि सञ्चालन गर्दै आएका थिए ।

बालेन्द्र समूहमा निकट रहेर सक्रिय उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव प्रचारका लागि पश्चिम पुगेका थिए ।

सम्बन्धित समाचार