रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन

9.1k Shares

नयाँ दिल्ली । बलिउड अभिनेता जयदीप अहलावत आजभोलि निकै चर्चामा छन् । उनको ‘पाताल लोक’ सिरिजको नयाँ सिजनले ‘धूम’ मच्चाइरहेको छ । केही दर्शकहरूले त उनको यो सिरिजलाई अहिलेसम्मकै सबैभन्दा राम्रो सिरिज भनिरहेका छन् । 

पाताल लोक अघि जयदीपले कयौँ सिरिज र फिल्ममा काम गरेका छन् । रणवीर कपूरको एनिमलमा यिनले बबी देओलले खेलेको पात्रको भाइको भूमिका निर्वाह गरेका थिए ।

हालै एउटा अन्तरवार्तामा अभिनेतालाई ‘के तपाईँ रोमान्टिक फिल्म खेल्न चाहनु हुन्छ ?’ भनेर सोधिएको थियो । यस प्रश्नको जवाफमा उनले खेल्न त चाहन्छु तर कुनै फिल्म मेकरले आफूलाई यस्तो भूमिकामा खेलाउन नचाहेको बताएका थिए । 

 

सम्बन्धित समाचार