21.8k
Shares
काठमाडौं, पुस २५ । कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
गए राति करिब पौने १० बजे बा४ख ६८४३ नम्बरको टिपरले बा१ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बझाङको फलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
सोही दुर्घटनामा घाइते भएका बझाङकै चैनपुर घर भई हाल ललितपुरको धोबिघाट बस्ने २६ वर्षीय निखिल बमको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।