प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्कीले आज पिसीआर परीक्षण गर्ने

17.1k Shares

काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले होमआइसोलेसनमा बसेका छन् । नेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन् ।

बालुवाटामार विहिबार र शुक्रबार बसेको बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होमआइसोलेसनमा बसेका छन् । प्रधानमन्त्री देउवा र सञ्चारमन्त्री कार्की शनिबारदेखि नै होमआइसोलेसनमा बसेका हुन् ।

प्रधानमन्त्री देउवाले शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि बालकोटस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । भेटघाटलाई बन्द गरिएको मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार