कफ्र्युका कारण ललितपुर सुनसान

19.1k Shares

काठमाडौं, १९ भाद्र । ललितपुर जिल्ला प्रशासनले आज बिहान ४ बजेदेखि ललितपुरको चक्रपथ भित्र गरेको कफ्र्युका कारण सुनसान छ । 
बिहीबार मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएपछि थप प्रदर्शनको सम्भावनाको आशंका गर्दै ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्युको घोषणा गरिएको बुझिएको छ ।  
बिहान ४ बजेदेखि जारी कर्फ्यु राति १० बजेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा लागु हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । 
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार बिहानैदेखि कर्फ्यु लगाइएको क्षेत्रको अवस्था सामान्य छ । बिरामी र सञ्चारकर्मीलाई लाई सहजीकरण गरेका छौं । यसबाहेक आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध छन् । आदेशको उल्लंघन गरेमा कारवाही गर्छौ ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश जारी भएको क्षेत्रभित्र उपरोक्त मिति र समयमा आवातजावत गर्न, भेला हुन र जुलुश निकाल्ने जस्ता कामकारवाही गर्न निषेध गरिएको छ । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलिसमेत हान्न सक्नेछ । तसर्थ निषेधित गरिएको स्थानमा तोकिएको समयमा घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई सूचित गरिन्छ ।’
ललितपुर जिल्ला प्रशासनले प्रशासन संक्रमणको कठिन परिस्थितिमा केही उच्छृङ्खल समूह र व्यक्तिहरुले कठिन परिस्थितिको नाजायज फाइदा उठाई धार्मिक, सांस्कृतिक विश्वासमा खलल पु¥याई शान्ति सुरक्षा भङ्ग गर्ने हेतुले गैरकानुनी हर्कत गरेको पाइएकोले सो अवस्थाबाट शान्ति सुरक्षा भङ्ग हुन सक्ने देखिएकोले कर्फयु आदेश जारी गरिएको छ ।
 

सम्बन्धित समाचार