काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार

6.5k Shares

काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली चलायो।
गोली लागेर लुटेरा समूहका एक नाइके घाइते भए, उनलाई ट्रमा सेन्टरमा लगियो।
प्रहरीले उपत्यकामा लुटपाट गर्ने १० जनालाई पक्राउ गर्‍यो, दुई प्रहरी घाइते भए।
काठमाडौँ । काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।

गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी रमेश थापाले रातोपाटीलाई बताए । 

प्रहरीले दुई राउन्ड गोली चलाएको हो । उपत्यकामा लुटपाट आतङ्क मच्चाउँदै आएका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।

आरोपीहरूले गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका थिए । पक्राउ परेका लुटेराहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । 

सम्बन्धित समाचार