काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै

10.9k Shares

काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट,  बालाजु बाइसधारा, धौखेल खोला,  कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो । 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए ।  महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए । 

यस वर्षको छठको मुख्य दिन बिहीबार परेको छ। 

सम्बन्धित समाचार