इलाम । आगामी फागुन २१ को निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय इलामले खरिद गरी भेला गर्नेक्रम सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयले सियोदेखि सलाईसम्मका सामग्री खरिद गरेको छ ।
अहिलेसम्म ३७ प्रकारका सामग्री तयार भएको र आवश्यक थप मतपेटिका र मतपेटिकाको छेकाबारा माथिबाट आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । ‘निर्वाचनमा पठाउने ९० प्रतिशत सामग्री तयार भयो । नमुना मतपत्र र अन्य थोरै सामग्री माथिबाट आउन बाँकी छ’ निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूूले भन्नुुभयो ।
अहिले निर्वाचनका लागि आवश्यक जनशक्तिको नामवली व्यवस्थापन र अस्थायी मतदाता नामवली संकलन हुँदैछ, अब सूूर्योदय, चुुलाचुुली र माई नगरपालिकाको अस्थायी मतदाताको नामावली आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
आउँदो निर्वाचनका लागि इलाममा दुुई लाख ३१ हजार ८०९ जना मतदाता संख्या रहेको छ । यसपटक जिल्लामा १५० मतदानस्थल र २९० मतदान स्थल रहेको छ । गएको निर्वाचनमाभन्दा आउँदो निर्वाचनका लागि पाँचवटा मतदान केन्द्र थप गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी लिम्बुुले जानकारी दिनुुभयो ।
लिम्बुुका अनुुसार यसपटक सूूर्योदय नगरपालिका –१२ को करफोक माध्यमिक विद्यालयमा एक, इलाम नगरपालिका –८ को विद्या सिर्जनात्मक माविमा एक, चुुलाचुुली –२ को जनता माविमा एक, देउमाइको डम्बरदेवी माविमा एक र माइजोगमाई –५ को सिरिसे माविमा एक गरी पाँचवटा मतदान केन्द्र थप भएको छ ।