इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार

5.9k Shares

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । 

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । 

नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् । 

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । 

सम्बन्धित समाचार