यातायात कार्यालय सानो भर्‍याङबाट पक्राउ ११ जनालाई ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा

18k Shares

काठमाडौं । काठमाडौंस्थित यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट बिचौलियाको आरोपमा पक्राउ परेका ११ जनालाई प्रहरीले ‘अभद्र व्यवहार’ कसुरमा मुद्दा दर्ता गरेको छ ।

बुधवार पक्राउ गरिएका आरोपीहरुलाई जिल्ला प्रशासन कार्यालय कामाठमाडौंबाट अभद्र व्यहार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुर घर भएका अजय मगर र सुरज मगर, सर्लाही घर भएका हेम बहादुर खपाङ्गी, रौतहट घर भएका विश्वबल्लभ लामा र सुवास योञ्जन लामा, कास्की घर भएका सृजन थापा र लमजुङ घर भएका मेघराज गुरुङ लगायत छन् ।

यातायात कार्यालयमा जाने सेवग्राहीलाई ‘छिटो काम गरिदिन्छौं’ भनेर अरोपीहरुले अनावश्यक हैरानी दिने र पैसा लिने गरेका थिए । आरोपीहरुबारे महानगरीय प्रहरी वृत स्वयंभुले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार