रियाल कोपा डेल रेको अन्तिम–१६ मा

17.1k Shares

काठमाडौं । स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले बुधबार राति अल्कोयानोलाई ३–१ ले हराउँदै कोपा डेल रेको अन्तिम–१६ मा स्थान पक्का गरेको छ ।

कोपा डेल रेमा रियाल र अल्कोयानो आमने–सामने भएको यो लगातार दोस्रोपटक हो । गत वर्ष तेस्रो श्रेणी लिगको क्लब अल्कोयानोले रियाल मड्रिडलाई २–१ ले स्तब्ध बनाएको थियो । तर, यसपटक त्यही नतिजा दोहोर्‍याउन अल्कोयानो असफल भयो ।

भ्रमणकारी रियालले इडर मिलिटाओको गोबलाट ३९औँ मिनेटमा अग्रता लिएको थियो । ६६औँ मिनेटमा ड्यानी भेगाले बराबरी गोल फर्काए । ७६औँ मिनेटमा असेन्सियोले गरेको गोलबाट रियालले पुनः अग्रता लियो । त्यसको दुई मिनेट नबित्दै अल्कोयानोका जोसे फिगुइरसले आत्मघाती गोल गरेपछि रियालले सहज जित दर्ता गर्‍यो ।

सम्बन्धित समाचार