स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

7.1k Shares

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट इन्जिनियर तोयारानारायण पौडेलसहित ३ जनाको नाम चर्चामा आएको छ ।

वालिङ ११, छतिवनका इन्जिनियर पौडेलले समग्र स्याङ्जाको विकासको विषयमा अवधारणा सार्वजनिक गर्दै आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने जनाएका छन् ।

लामो समयदेखि शैक्षिक प्राध्यापन पेसामा आबद्ध भएका उनी परम्परागत शक्तिबाट मुलुकको विकास असम्भव देखिएको भन्दै रास्वपामा आबद्ध भएका थिए ।

त्यस्तै, ०७९ मंसिरमा भएको निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार बनेका वालिङका टिकराज गुरुङ पनि पुनः उम्मेदवार हुनसक्ने चर्चा रास्वपाभित्र भइरहेको छ ।

साथै, वालिङका झविलाल डुम्रेले पनि आगामी निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार