कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट

4.2k Shares

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएको छ । २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा सुरु हुने छ ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटनअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रवेश गराइने तयारी गरिएको छ । 

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वर नरसिंह केसीले जुलुसका रुट र सहभागी क्षेत्रबारे जानकारी दिए ।

केसीका अनुसार काठमाडौं, ललितपुरसहित देशका विभिन्न जिल्लाबाट आउने नेता–कार्यकर्ता छ वटा फरक–फरक रुट हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् ।

जुलुसका निर्धारित रुट :

रुट १ (सुन्धारा)
चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्ला तथा काठमाडौं क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क (पुरानो बसपार्क) हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट २ (रत्नपार्क)
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौं क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुने जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशनस्थल प्रवेश गर्नेछ ।

रुट ३ (पद्मकन्या क्याम्पस)
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट ४ (शंकरदेव क्याम्पस)
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं क्षेत्र २ र ३ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पुतलीसडक हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट ५ (कमलपोखरी)
काठमाडौं क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीबाट चारखाल, डिल्लीबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।

रुट ६ (कुपण्डोल)
ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुने जुलुस कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।congress-metting-1-1.jpg

सम्बन्धित समाचार