16.9k
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४३५ जना कोभिड संक्रमित थपिएका छन् ।
१० हजार २६७ वटा नमुनाको परीक्षण गर्दा ४३५ वटाको नतिजा पोजिटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । त्यस्तै आज २६९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संक्रमितको संख्या ५ हजार २२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।