बाँदरकाे हातमा नरिवल

7.2k Shares

-डी.बी.नेपाली

दक्षिणतिर रहेका लगभग छ सय भन्दा बढी स्वतन्त्र राज्यहरमा विभिन्न समय हुने गरेकाे लुट पछि साेह्राैं शताब्दीकाे शुरुमा ब्यापार गर्ने बहानामा बिर्टिशहरुकाे आगमण हुन्छ र काेलकाेत्तामा इस्ट इण्डिया नामकाे कम्वनीकाे स्थापना हुन्छ र विस्तारै त्याे कम्पनीले आफ्नु ब्यापारकाे साथसाथै त्यहाँकाे शासन व्यवस्थामा पनि घुसपैठ गर्न थाल्छ र केही बर्ष भित्रै हालकाे भारत या  इण्डियामा शासन गर्न थाल्छ लगभग त्यही समयकाे आसपास नेपालमा पनि पृथ्वीनारायण शाहकाे एकिकरण अभियान पनि शुरुहुन्छ सानासाना राज्यहरु मासेर विशाल नेपालकाे अभियान चल्छ अनि तीनै पृथ्वी नारायण शाह र उनका सन्तानहरुकाे एकिकरणकाे अभियान टिस्टा काँगडासम्म पुग्छ उता बिर्टिशले सानासाना राज्य मासेर इण्डिया बनाउने यता पृथ्वी नारायण शाहले विशाल अखण्ड नेपाल बनाउने । यत्तिकैमा बिर्टिशले हालकाे इण्डियाका छ सय राज्यमा आफ्नु शासन कायम गरिसके पछि उनीहरुकाे गीद्ध दृष्टी अब नेपालमा पर्छ र पटकपटक विभिन्न ठाँउबाट उनिहरुले नेपाल माथि हमला गर्न थाल्छन् तर बहादुर गाेर्खालीलाई मात दिन उनिहरुका गाेला ताेप बारुदले पनि सकेन ।

बीर नेपालीहरुले खुकुरीकाे भरमा संसार विजेता बिर्टिशहरुलाई नेपाल भित्र छिर्नसम्म दिएनन् तर उन्निसाैं शताब्दीकाे शुर पछि उता दक्षिण तिर पनि बिर्टिश शासनकाे बिरुद्ध आन्दाेलन हुन थाल्याे भने विश्वमा दाेस्राे विश्व युद्ध पनि जाेर पकडन थाल्याे अब बिर्टिशहरुलाई ठुलाे समस्या आइ पर्याे दुइ तिर लड्ने कि यता इण्डिया छाेड्ने आँखिर उनिहरुले इण्डिया र पाकिस्तान दुइटा डाेमिनेन्ट कन्ट्री बनाएर छाेड्ने भन्ने निर्णय बिर्टिश संसदले पास गरेर भारत (इण्डिया) र पाकिस्तानलाई आजाद गरेकाे, स्वतन्त्रता दिएकाे घाेषणा गरेर छाेड्याे भने यता नेपालसंग सुगाैली संधी गरेर विशाल नेपालकाे सिमाना काँगडा टिस्टाबाट मेची महाकालीमा खुम्च्याएर गयाे । बिर्टिशले दिएर गएकाे इण्डियाकाे नीति र दृष्टिकाेणद भने उही बिर्टिशकै जस्तै रह्याे उसले अहिलेसम्म कसरी हुन्छ सके आफ्नु प्रान्त बनाउने सकेन भने पनि कमसेकम नेपालकाे सत्तामा उस्का बाँदरहरु राखेर नचाउने मदारीकाे भुमिका यथावत छ र भविश्यमा पनि इण्डियाकाे शासन जुन पार्टीले चलाए पनि उनिहरुकाे नेपाल प्रतिकाे नीतिमा रत्तीभर पनि फरक देखिएकाे छैन र देखिने पनि छैन । इण्डियाकाे राजनेताहरुमा एउटाधार नेपाल गाभ्नु पर्छ भन्ने र अर्काे अलि समय मिलाएर गर्नु पर्छ भन्ने विचारले र उत्तर र पश्चिमले पनि केही हदसम्म नेपालकाे राजनीतिमा दखल दिने भएकाे कारण नेपाललाई सिक्किम बनाउन गाह्राे छ ।

तर उसले पटकपटक राजतन्त्रकाे बिरुद्ध राणा उचाल्लने, फेरि राणा शत्तामा गएर उसकाे आज्ञाकारी नबने पछि राजा उछाल्ने यस्तै गर्दागर्दै उसले केही लाेगतान्त्रिक र गणतान्त्रिक शक्तिहरुलाई उछालेर नेपालकाे शासन व्यवस्थामा खल्बली मच्चाउने र फेरी दिल्लीमा बाेलाएर सिल्ली बनाउने खेल लागातार जारी छ र नेपालमा २००७ सालमा एक शताब्धी लामाे जहाँनिया राणा शासन अन्तकाे नाममा दिल्लीमा बाेलाएर सम्झाैता गर्न लगाई प्रजातान्त्रिक राजतन्त्र स्थापना गर्न लगायाे तर प्रजातन्त्र स्थापनाकाे एक दशककाे गतिविधीले देशका प्राकृतिक सम्पदा बेच्ने बाहेक अरु खासै केही उपलब्धी नदेखिदा र देश रहन्छ कि  रहन्न भन्ने जस्ताे अवस्था सिर्जना भए पछि साहसी र दुरदर्शी राजा महेन्द्रले कु गरेर फेरी राजतन्त्र स्थापना गरे ।यस्तै भावनाले हाेला उनले ` म मरे पनि मेराे देश बाँचिरहाेस ´ भन्ने गीत रचेकाे । उनले राष्ट्र भरि काम गर्न र शासन चलाउन केही निकायहरु स्थापन गर्नु पर्ने महसुशदगरी पञ्चायती व्यवस्था लागु गरे र देशमा उद्याेगहरु स्थापना र राजमार्गहरु निर्माण गर्ने याेजनाहरु बनाए र विस्तारै काम पनि हुन थाल्याे । नेपाली उद्याेगहरुले निर्माण गरेका सामानहरु यति उच्च स्तरीय थिए कि जसले भारतका उद्याेगले निर्माण गरेका सामानहरुलाई मात गर्न शुरु गरे तर पछि नेपालका उद्याेगहरु कसरी डुबाउने त्याे खेल शुरु हुन्छ।

नेपालले ओैषधी निर्माणमा पनि स्तरीय ओैषधी निर्माण गर्न थाल्याे, सिंहदरबार बैधखाना त राणाकाल देखि नै संसारमा प्रसिद्ध र विश्वसनीय थियाे याे कुरा भारतलाई पचेकाे थिएन । त्यसै कारण उसले आफ्ना बाँदरकाे हातमा पटकपटक नरीवल राख्ने प्रयासमा पट्कै कमी आउन दिएन र असफल हुँदा पनि थाेरै सुधार पनि गर्न सकेन त्यस कारण अन्तमा पश्चिम र दक्षिणकाे लामाे प्रयास असफलताकाे कारण नै राजतन्त्र हाे र यस्लाई मास्नै पर्छ भन्ने धारणा अनुरुप २०४६ काे आन्दाेलनलाई  टुप्पी देखि पैतलासम्मकाे जाेर लगाएर सफल बनाउने प्रयास हुन्छ तर एउटा अत्यन्त शक्तिशाली शक्ति, राष्ट्रलाई ओैधी माया गर्ने शक्ति राज संस्थालाई फाल्न त गाह्रै थियाे  आँखिरमा २०४७ मा राजसंस्था र बिद्राेही शक्ति बीच सम्बैधानिक राजतन्त्रमा सम्झाैता हुन्छ र आन्दाेलनमा लागेकाे एउटा दल नेकपा मसाल बाहेक अरु सबै चुनावकाे राजनीति द्वारा संसदीय व्यवस्था मातहत संबैधानिक राजतन्त्र स्वीकार गरेर सत्तामा भाग पाउने खेलमा हाेमिन्छन् यहाँसम्म कि संसद भनेकाे खसीकाे टाउकाे झुण्ड्याएर कुकुरकाे मासु बेच्ने ठाँउ हाे भन्ने शक्तिहरु स्वयं खसीकाे टाउकाे देखाएर कुकुरकाे मासु बेच्ने पसल खाेलेर बस्छन् ?तर ढाक के तीन पात भने जस्तै ,हात लाग्याे शुन्य भए पछि र राजसंस्था जीविती रहने देखे पछि फेरी अर्काे खेल शुरु गराइन्छ ।

जनयुद्धकाे नाममा देशमा आतंक मचाइन्छ पीडित र शाेषित जनताकाे  नजरमा जनयुद्ध त भएकै हाे तर त्याे जनयुद्ध जनताले गरे पनि त्यसकाे नेतृत्व त आँखिर तिनै पश्चिम र साउथका पुजीवादी दलालहरुले नै गरेका रहेछन् भन्ने कुरामा कसैले सफाई दिनु पर्ने प्रष्ट्याउनु पर्ने केही छैन आफै छर्लङ्ग देखिएकाे छ । आँखिरमा सत्र हजारकाे वलि चढाएर पनि राजतन्त्र त मास्न न सकिने देखिए पछि षडयन्त्रपूर्ण तरिकाले राजा ज्ञानेन्द्र माथि दाेष देखिने गरि दरबार हत्या काण्ड गराएर लाेकप्रिय राजा बिरेन्द्रकाे पूरै वंश नाश हुने गरी हत्या गराउदा पनि जनतामा राजतन्त्र प्रतिकाे आस्थामा कुनै कमी आएकाे नदेखे पछि फेरी दिल्ली सक्रिय भएर आफैले गर्न लगाएकाे जनयुद्ध किनारा नलाग्दै बीच धारबाटै ट्याप्प टिपेर दिल्लीमा बाेलाए र फेरी सबैसंग मिलेर आन्दाेलन गर्न लगाए र  राजतन्त्र मास्न लगायाे । जनताकाे चाहना राजतन्त्र मास्ने थिएन उनिहरुकाे चाहना त केवल आम नागरिककाे माैलिक हक अधिकार प्राप्ति र आम नागरिककाे पहिचान र राज्यका सबै निकायमा सहजै पहुँचसम्म मात्रै सिमीत थियाे ।

जनतालाई के थाह कि हाम्राे छातिमा चढेर हाम्राे हक अधिकारकाे मुखण्डाे लगाएर  पुजीवादका दलाल छद्मभेषी ब्वाँसाहरुकाे घाँटीमा घण्टी आफ्नै हातले बाँध्दैछाैं भन्ने । दश बर्षसम्म देखकाे ढुकुढीमा माैज मस्ती गर्दै देशमा सुशासन,सुवयवस्था र समृद्धीकाे मुखण्डाे लगाएर देशलाई सिंगापुर बनाउने,सिंहदरबारकाे अधिकार घरघरमा पुर्याउने सपना बाँढेर आफ्न‌ै र आफ्नाकाे या झाेले र  चम्चेहरुकाे माैज मस्ती र शासनकाे हरेक अंगमा पहुँच र आम नागरिकलाई  एकखछाक टार्न र एकआङ्ग ढाक्न रनेजगारीकाे खाेजी आफ्नै मुलुकमा नभएर खाडी र मलेसिया धाउनु पर्ने, उच्च शिक्षा लिन बिदेशै धाउनु पर्ने, डाकटर, इन्जिनियर, नर्स, अर्थ, वकिल आदि बन्न पनि  बिदेशै धाउनु पर्ने, जलकाे धनी पानी खान नपाउने,उर्जाकाे धनी बत्ती बाल्न उर्जा बिदेशबाटै किन्नु पर्ने, खाद्यान्न, लुगाफाटाे विदेशी कै भर ? राष्ट्रमा भएका चिनी कारखाना, टायर कारखाना, कागज कारखाना, जुता कारखाना, सिमेन्ट कारखाना सबै बेच्ने यही हाे त सुशासन, सुव्यवस्था, समृद्धी भनेकाे ?

आज यीनै बाँदरहरुकाे हातमा संघीय गणतन्त्रकाे नरिवल राखिदिएकाे कारण जनतामा ब्यापक रुपमा संघीय गणतन्त्र  अफाप सिद्ध  भै सक्याे अब याे नेपालदाई घाँडाे भयाे पटक्कै चाँहिदैन भनेर ब्यापक जनआवाज उठ्न थालेकाे छ । आज यीनै संघीय गणतन्त्रकाे  नरिवल जबरजस्ती हातमा राखिदिए पछि बाेक्न बाध्य बाँदरहरु स्वयं नरिवल फाल्ने कि बाेकी राख्ने दाेधारमा छन् विचलित छन् आम जनता र स्वयं याे नरिवल बाेकेकाहरुले  नै एक अर्कालाई चाेर दलाल भरिया भनेर एकअर्का माथि दाेष लगाएर जनता सामु गंगामा डुक्की मारेर हामी चाेखिएर आयाैं भन्छन् ।  तीनै नेताले एकातिर स्वीस बैंकमा फलानाेकाे अर्वाैं सम्पत्ती छ भनेर मञ्चमा भाषण ठाेक्छन अर्काे तिर तीनै जनताकाे सम्पत्ती स्वीस बैंकमा थुपार्नेलाई चुनाव जिताएर सत्ता सुम्पिन्छन् । भागबन्डा मिल्दा तेही नेता सम्माननीय, आदरनीय, जनप्रिय, भागबण्डा नमिले दुष्ट हरामी, जनतामारा, चाेर तस्कर के के के ? अब जनता स्वयंले यी बाँदरकाे हातबाट नरिवल खाेसेर फाल्ने बेला आइसकेकाे छ । अन्यथा नरिवल रबादर त रहलान नेवाल भन्ने देश रहने छैन ।

सम्बन्धित समाचार