भारतमा जी इन्टरटेनमेन्टले विश्वकप फुटबल प्रसारण गर्ने

1.1k Shares

काठमाण्डाै – भारतमा जी इन्टरटेनमेन्टले फिफा विश्वकप फुटबल २०२६ को प्रसारण गर्ने भएको छ । जी इन्टरटेनमेन्टले विश्वकप २०२६ र २०३४ सम्म ३८ अन्य फिफा कार्यक्रमहरू प्रसारण गर्ने अधिकार सुरक्षित गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

योसँगै विश्वको प्रमुख बजारमध्य एक भारतमा प्रतियोगिताको उपलब्धतालाई लिएर महिनौँ लामो गतिरोध समाप्त भएको छ । यद्दपि जी इन्टरमेन्टले कति मूल्यमा प्रसारण अधिकार किनेको भन्ने सार्वजनिक भएको छैन ।

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुरूमा २०२६ र २०३० को विश्वकपलाई समेट्ने भारत प्याकेजका लागि झन्डै १० करोड डलर खोजेको थियो तर पछि ६ करोड डलरमा घटाएको थियो ।

अमेरिका, क्यानडा र मेक्सिकोमा यही जेठ २९ गतेदेखि प्रतियोगिता शुरू हुनुभन्दा १० दिनअघि यो सम्झौता भएको हो ।

पहिलो पटक विश्वकप ३ वटा देशले संयुक्त आयोजना गरेका हुन् । यस पटकदेखि ४८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन् । सहभागी टोलीलाई १२ वटा समूहमा छुट्याइएको छ ।

यस्तै नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीगो एपमार्फत फिफा विश्वकप प्रसारण हुने भएको छ ।

सम्बन्धित समाचार