ऊर्जामन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्। उनले भनेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं।’
उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’



