ललितपुरमा भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

18.2k Shares

ललितपुर, १८ भदौ । ललितपुरमा भोलि विहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यु लगाईने भएको छ । 
आज रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर प्रहरी र स्थानीयवासीबीच झडप भई केही प्रहरी र स्थानीय घाइते भएका छन् । त्यसैलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका रिङरोडभित्र शुक्रबार कर्फ्यू आदेश जारी गरेको हो ।
कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको बुझिएको छ ।
बिहीबार दिउँसो रातो मच्छिन्द्रनाथ रथ तान्न स्थानीयको भीड निस्केपछि झडप भएपछि साँझ सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो । बैठकले सो निर्णय गरेको हो ।
 

सम्बन्धित समाचार