कांग्रेस महाधिवेशन धकेलिन सक्ने कोइरालाको भनाई

6.8k Shares

काठमाडौं । आगामी पुष २६ गते हुने भनिएको कांग्रेसको महाधिवेशन धकेलिन सक्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । 
कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खुलासा गरेका हुन् । महाधिवेशन हरेक चार वर्षमा हुने नियमित प्रक्रिया रहेको बताउँदै सञ्चारमाध्यमहरूले धेरै चासो देखाउन जरुरी नरहेको पनि सो कार्यक्रमा बताएका थिए । आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै सिरियल नम्बर नभएको क्रियाशील सदस्य बाँड्ने कामले केही समय पर धकेलिएको बताएका हुन् ।
आफू २६ पुसमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको पनि स्पष्ट पार्दै कोइरालाले भने, ‘कांग्रेस महाधिवेशनबारे सबैलाई किन चिन्ता लागेको हो मैले बुझेको छैन । एउटा पार्टीको अधिवेशन हुनु, पार्टीको अधिवेशन हो, निरन्तर ४÷४ वर्षमा हुनुपर्छ । भइरहन्छ भन्ने बुझ्नुस् । जसले पनि अधिवेशनको बारेमा सोध्छ । मलाई त दिक्क पनि लाग्छ कहिले कहीँ । आफ्नो तरिकाले जान्छ, किन चिन्ता गर्ने ? नेपाली कांग्रेसको अधिवेशन केही लम्बिन सक्छ ।’
नेता कोइरालाले सरकारले निर्वाचन २१ फागुनमा तोकेको भए पनि निर्वाचन हुन सम्भव नरहेको बताए । निर्वाचनको माहोल खासै नदेखिएको सो कार्यक्रममा बताएका थिए । 

सम्बन्धित समाचार