मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिनु हुँदै

6.4k Shares

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम मुख्यमन्त्री यादवले आगामी शुक्रबार विश्वासको मत लिन लाग्नु भएको हो । 

बुधबार मुख्यमन्त्री यादवले विज्ञप्ति जारी गर्नु हुँदै पुस ४ गते दिउँसो ४ बजे प्रदेश सभाबाट विश्वासको मत प्राप्तका लागि व्यवस्था मिलाउन प्रदेश सभालाई  पत्राचार गर्नु भएको छ ।

मुख्यमन्त्री यादव प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौँ मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लाग्नु भएको हो । उहाँ गत मङ्सिर १९ गते सात दलिय गठबन्धनबाट नेपाली कांग्रेसबाट मुख्यमन्त्री पदमा नियुक्त हुनु भएको थियो । IMG-20251217-WA0002.jpg

सम्बन्धित समाचार