4.8k
Shares
काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका चालिसेमा हिजो भएको दुर्घटनामा घाइते भएका ७० जनामध्ये १७ जनाको उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका दुई जनाको ज्यान गएको छ । अरू ५१ जना सामान्य घाइते उपचारपछि घर फर्केका छन् ।
१७ जनाको काठमाण्डौको ट्रमा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक श्यामकुमार बस्नेतले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेमध्ये एक जना धादिङको थाक्रे गाँउपालिका महादेबबेशीका ५९ वर्षीय शेख अलि एस रहेको र अर्का व्यक्तिको अहिलेसम्म पनि परिचय खुल्न सकेको छैन ।
हिजो सात वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।