जेन-जी आन्दोलनमा जलाइएको भाटभटेनी गोदाम तीन महिनामै खुल्यो (तस्बिरहरू)

5k Shares

काठमाडौं– जेन–जी आन्दोलनमा भएको तोडफोड, लुटपाट र आगजनीका कारण क्षति बेहोरेको भाटभटेनी सुपरमार्केटले तीन महिनापछि आफ्नो गोदाम पुनः सञ्चालनमा ल्याएको छ । बालुवाटारस्थित मुख्य गोदाम रुद्री पूजा गरी आजदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।

नेपालकै सबैभन्दा ठूलो सुपरमार्केट मानिने भाटभटेनीका १२ स्टोरमा आन्दोलनका क्रममा करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । 

bhatbhatini-saman-8-3a272a6a-2ed5-473f-a68e-afa98cdfb250.png
आगजनी र तोडफोडका कारण बिग्रिएका संरचना, भण्डारण प्रणाली र सामानको व्यवस्थापन पुनः निर्माण तथा मर्मतपछि गोदाम सञ्चालनमा आएको हो । 

व्यवस्थापनका अनुसार ठूलो आर्थिक नोक्सानीका बाबजुद सेवा प्रवाहलाई नियमित बनाउन काम तीव्र गतिमा अघि बढाइएको थियो । 

bhatbhatini-saman-10-7b80b75c-25e3-466a-9dcb-1ddd01cf784b.png
आजदेखि गोदाम सञ्चालनमा आएपछि प्रभावित स्टोरहरूको आपूर्ति प्रणाली पनि क्रमशः सहज हुने भाटभटेनीले जनाएको छ ।

सम्बन्धित समाचार