लहान । लहान नगरपालिका वडा नम्बर २ भगवानपु घर भएको नेकपा एमाले महाधिवेशन प्रतिनिधि चुनिएको जितेन्द्र कुमार यादवको बा ०१००६ ख ५८१८ नम्बरको इभि चार्जिङग हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन् ।
लहान काठमाडौँ चलाउने हायस दुई वर्ष अघि ६० लाखमा खरिद गरेर चलाउने हायस सोमबार राति ११ बजे घर अगाडि राखिएको अवस्थामा आगो लगाइएको गाडी मालिक जितेन्द्र यादवले बताउनुभयो ।
मङ्सिर १३ गते नेकपा एमालेको एघारौं महाधिवेशनका लागि सिरहा १ का लागि भएको प्रतिनिधि चयनको निर्वाचनमा एक हजार १८८ मत प्राप्त गरेर विजय हुनुभएको थियो । लहानको इलाका प्रहरी कार्यालय लहानदेखि लहान १९ कटहा चोकसम्म पक्की सडक निर्माणका लागि सडक खनिएकाले बाटो अवरुद्ध हुँदा गोलबजार नगरपालिकाबाट बारुण यन्त्र आउन झण्डै दुई घण्टा लागेको थियो ।
आगो लागेपछि इलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटरको दूरीमा आजनी हुँदा आधा घण्टा समय लाग्नु र लहान नगरपालिकामा ३० वर्ष अघि खरिद गरिएको बारुण यन्त्र बिग्रिएको अवस्थामा रहेकाले गोलबजारबाट बारुण यन्त्र आउँदा आगो नियाणत्रणमा नआएकाले स्थानीयहरु लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहान गम्भीर नभएको भन्दै आक्रोस पोखेका छन् ।
यता इलाका प्रहरी कार्यालयले आगो लगाउने अपराधी व्यक्तिको खोजीमा प्रहरी लागि सकेको प्रहरी नायब उपरीक्षक कैलाश राइले बताउनुभयो । लहानमा घरकै अगाडि राखिएको व्यक्तिको गाडीमा आगो लगाएको पहिलो घटना भएको उहाँले बताउनुभयो ।
२४ वटा वडा भएको लहान नगरपालिकाको बारुण यन्त्र मर्मत नहुनु र आवश्यकताको आधारमा अर्को बारुण यन्त्र खरिद नगर्दा आगलगीबाट भइरहेको धनजनको क्षति रोक्न चुनौती देखिएको स्थानीयहरुले गुनासो पोखेका छन् । लहानको बारुण यन्त्र सुचारु भएको भए घटना स्थलसम्म आइपुग्न दस मिनेटको बाटो छ ।