काठमाडौमा जूवा अखडा खुलेयाम

19.7k Shares

काठमाडौ । काठमाडौका विभिन्न स्थानहरूमा फेरि ठुलो ठूलो जुवा अखडाहरू संचालन हुन थालेका छन् । कही प्रहरीको स्थानीय कार्यालय प्रमुख समेत त कहीँ ती कार्यालयका घुमुवाहरूलाई प्रयोग गरेर जुवा सचालकहरूले जुवा अखडा संचालन गरिरहेका छन् । 

हामीलाई प्राप्त जानकारी अनुसार बुढानिलकण्ठको तारेभीरमा रहेको रिसोर्टमा ठूलो जुवा हुने गरेको छ । स्थानीय दिलिप तामाङ र उनका भतिजाहरूले उक्त जुवा अखडा संचालन गरेका हुन । केही महिना पहिले हतियार देखाउदै आंतक मच्चाएको केशमा काठमाडौका  तत्कालीन एसएसपी अशोक सिंहले उनको खोजी कार्य तिब्र पारेपछि दिलिप तामाङ हराएका थिए । तर केही महिनादेखि भने उनले भतिजोहरूलाई साथमा लिएर तारेभिरको रिसोर्टमा कौडा खेलाउने गरेको स्थानीय बताउँछन् । बुढानिलकण्ठ प्रभागबाट परिचालन भएका घुमुवालाई प्रयोग गरेर उक्त जुवा अखडा संचालन हुदै आएको समेत स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार जुवा हुने दिन घुमुवा प्रहरी उक्त रिसोर्टमा आउने गर्दछन । उक्त जुवा अखडामा दैनिक करोड सम्मको  कारोवार हुने गर्दछ । जुवा संचालन गर्ने सहयोग गरेवापत स्थानीय प्रहरीलाई दिनको हिसाबले पचास हजार सम्म दिने गरेको भन्दै जुवा संचालकहरूले जुवाडेहरूलाई ढुक्क भएर खेल्न आश्वस्त पार्ने गरेको समेत जुवाडेहरू नै बताउँछन् ।

त्यसैगरी खरानी उपनामले चिचिने राजकुमार अधिकारीले गोगंबु नयाँबसपार्क माथिको लोकतान्त्रिक चोक नजिक ठूलो जुवा खेलाउने गरेको पनि सार्वजनिक भएको छ । अधिकारीको नाम उपत्यकाको प्रहरीलाई थाहा नहुने कुरा नै भएन । प्रहरीको हरेक कार्यालयमा खरानी भनेपछि चर्चित छ । कपन स्थायी घर भएका उनले कपन , नयाँबस्ती , चाबहिल ओम अस्पताल पछाडि , धुमवाराही चप्पल कारखाना वरपर ,  बसुन्धारा ,  हेपाली हाइटमा बढी मात्रामा जुवा खेलाउदै आएकोमा अहिले लोकतान्त्रिक चोकमा आफ्नो अखडा बनाउदै आएका छन् । नयाँ बसपार्क स्थित प्रहरी प्रभाग, महाराजगन्ज वृत्त , कपन प्रभाग र बौद्व वृतका प्रहरीलाई मिलाएर खरानीले जुवा खेलाउदै आएको त्यही समुहका जुवाडेहरू बताउँछन् । उनको जुवा अखडामा पनि दैनिक करोड भन्दा माथिको कारोवार हुने गरेको खेलाडीले बताउँछन् । हार्नेका लागि मिटर व्याजीमा रकमको व्यवस्था पनि त्यही हुने गरेको उनीहरू बताउँछन् ।

सम्बन्धित समाचार