अमेरिकाको कोलोराडोमा आगलागी, ३० हजार मानिसलाई घर छोड्न आग्रह

16.9k Shares

कोलोराडो । अमेरिकाको कोलोराडोमा डढेलो फैलिएपछि दशौँ हजार मानिसलाई उद्धार गरिएको छ । सैयौँ घर जलेर नष्ट भएका छन् । डढेलो तीव्र गतिमा फैलिरहेको र मानिसहरू हताहती र घाइते हुने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् ।

 त्यहाँका केही सहरका झण्डै ३० हजार मानिसलाई घर छोड्न आग्रह गरिएको थियो । विभिन्न स्थानका झण्डै ६ सय घर जलेर नष्ट भएका अधिकारीहरूले बताएका छन् ।

 यसैबीच, डढेलो फैलिएपछि त्यहाँका गर्भनरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । एक सय पाँच माइल प्रतिघण्टाको गतिमा रहेको हावाले ऐतिहासिक खडेरी भएको क्षेत्रमा आगोका ज्वालाहरू फैलाइरहेको छ । बीबीसी

सम्बन्धित समाचार