हीनं दुषयती ईती हिन्दू

10.2k Shares

-श्वामी सत्यव्रत

मानिस मानिस बीचको बैमनश्यतालाई सदाको लागि अन्त्य गर्ने उदेश्य राखी अहिलेको विश्वलाई यस समयमा बम–बारुदको होइन रोटी–पानीको आवश्यकता छ, मानिसहरुलाई वम र बारुदी आतंकबाट मुक्त गराउँनै पर्छ । विश्वको कल्याणको लागि अन्तर धर्ममा समन्वय गरी आध्यात्मिक रुपमा हामीहरु एक हुनुको विकल्प नभएकोले अव एउटै मञ्चमा आएर यस धर्तीलाई स्वर्ग र यस धर्तीमा बस्ने मानिसहरुलाई देवता बनाउने परिकल्पना र शुभ संकल्प सहित अगाडि बढ्न जरुरी छ । यस धर्तीमा ५,००० वर्षको समयमा ९०,००० युद्धहरु लडिएका छन् र ९९ प्रतिशत युद्धहरु धर्मको नाममा लडिएका छन् । त्यसैले सनातन हिन्दू धर्म सँस्कृतिले जुन मन्त्रणा, सन्देश र देशना दिएको छ यसले मानवमात्रको लागि सद्मार्ग दर्शनको काम गरिरहेको छ ।

सनातन धर्म जसलाई अहिले सनातन हिन्दू धर्म सँस्कृति भनियो, यसले अहम् भूमिका निभाएको छ । हिन्दू दिव्य उद्घोष् हो तर यसलाई शव्दमा मात्रै सीमित गरिएको छ, यो हुनु भनेको ठूलो दुर्घटना हो । यस्तो भइ दियो भने अध्यात्म र धर्म सँस्कृतिको मूलमा नै ठूलो भूल हुन जाने छ । हिन्दूको उपस्थिती हीन र निकृष्ट विचार र भावनाहरुलाई रुपान्तरण गरी उच्च र उत्कृष्ट विचार र भावनाहरुलाई स्थान दिनको लागि भएको हो । “हीनं दुषयती ईती हिन्दू” (पञ्चतन्त्र) यहाँ हीन र निकृष्ट भावनाहरुलाई त्याग्नु भनिए तापनि अहिले सन्दर्भमा त्यस्ता विचार र भावनाहरुलाई रुपान्तरण गर्नु पर्ने हुन्छ किनकि शक्ति रुपान्तरण गर्नु नै सच्चा अध्यात्म हो ।

यस धर्तीमा भएका विभिन्न धर्मको नाममा चलेका सँस्थाहरुले हीन र निकृष्ट विचार र भावनालाई रुपान्तरण गर्न चाहँदैनन् र ? प्रस्तुतीकै आधारमा भन्ने हो भने पनि के त्यस्ता भावनाहरुलाई त्याग्न चाहँदैनन् र ? धर्ममा प्रतिष्पर्धा र तुलना हुन्छ भने अध्यात्म यो भन्दा माथि हुन्छ । यहाँ शाश्वत पक्ष के छ भने सनातन धर्म सँस्कृतिले सबै धर्महरुको अविभावक हुने जिम्मेवारी पूरा गरेको छ, सबै धर्मको मूल श्रोत सनातन हिन्दू धर्म हो भन्ने बारेमा विश्वको लिपिबद्ध भएको पहिलो ग्रन्थ ऋग्वेदमा पनि मानिसहरुले आप्mनो कर्तव्य पालनाको क्रममा देवपूजा, यज्ञ, दान, पितृतर्पण आदि गर्ने विश्वको आदि धर्म सनातन हिन्दू धर्मलाई बनाएर मानिसलाई आचरण गर्न लगाए, त्यो मन्त्रलाई  यहाँ प्रस्तुत गरिदिएको छु – 
“यज्ञेन यज्ञमयजन्त देवास्तानि धर्माणि प्रथमान्यासन् ।
ते ह नाकं महिमानः सचन्त यत्र पूर्वे साध्या सन्ति देवाः” –ऋ १०/९०/७६)

    यसका साथसाथै यसलाई प्रमाणित गर्ने अर्को आधार जिसस क्राइष्ट र पैगम्बर महम्मद पहिले हिन्दू नै थिए भन्ने पनि हो । त्यसलाई केही सीमित स्वार्थी व्यक्ति र सँस्थाहरुले जनता सामु दोधारे अभिव्यक्ति दिएर अन्योलमा पार्ने कोशिस गरेकै हुन्, अवस्थाको वास्तविकताको बारेमा आफ्नो समभ्mलाई नगुमाइकन जन समक्ष ईमान्दारी पूर्वक ल्याउने सच्चा व्यक्तिको नैतिक, आध्यात्मिक र धार्मिक जिम्मेवारी पनि हो । यो सुत्रगत रुपमा मानवमात्रको रक्षा, सुरक्षा र उन्नतीको लागि उद्घोष पनि हो । यसरी ईमान्दारी पूर्वक कार्य गर्न सकिएमा विश्वमा नै नरसंहार हुने छैन, यो कार्यको श्रेय नेपालको भूमिबाट होस्, यही सद्भावना, शुभकामना र भद्र विचारले सबैभित्र स्थान लिन सफल होस् ।  

सम्बन्धित समाचार