तेह्र हजार शिक्षक पदमा आवेदन आह्वान

20.4k Shares

काठमाडौं । सामुदायिक विद्यालयमा १३ हजारका शिक्षकका लागि आवेदन आह्वान गरिएको छ । 

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि १३ हजार ९३ पदका लागि आवेदन आह्वान गरेको हो । 

“खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उमेदवारहरूले आवेदन दिन सक्नु हुनेछ,” आयोगले भनेको छ । आयोगको अनलाइन https://online.tsc.gov.np बाट दरखास्त दिन सकिने छ । एक महिनाभित्र आवेदन दिन सकिनेछ । लिखित परीक्षा ०७८ चैत १९ गते हुने आयोगले जनाएको छ । 

सम्बन्धित समाचार