14.3k
Shares
ललितपुर । विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि रोकिएको मच्छिन्द्रनाथको रथ यात्रा प्रशासनले जारी गरेको निषेधाज्ञाका बाबजुद पनि स्थानीयले जवरजस्ती तान्ने प्रयास गरेपछि रथलाई प्रहरीले घेराबन्दी गरी नियन्त्रणमा लिएको छ ।
रथलाई नियन्त्रणमा लिने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पुल्चोक क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले स्थानीयलाई भगाउन अश्रुग्याँस, पानीको फोहोराले तितरवितर पारेको थियो ।

अहिले स्थानीय पुल्चोकस्थित मदन स्मारक अगाडिको सडकमा प्रशासनविरुद्ध नाराबाजी गरिरहेको छन् भने प्रहरीले पूर्णरुपमा मच्छिन्द्रनाथको रथलाई घेराबन्दी गरी सुरक्षितरुपमा राखेका छन् ।