काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ ईकाइ कार्यसमितिको व्यवस्थापनमा नेपाली कांग्रेसको खेलकुद विभागद्वारा आइतबार आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले वाइडबडीदेखि ओम्नी, यती काण्ड मच्चाएको बताए । उनले आफ्ना आसेपासेलाई पोसाउनेभन्दा ओलीले केही काम गर्न नसकेको बताए । ‘कमाउनका लागि कम्युनिस्टहरू लाइन लागेर बसेका छन् ।
स्नेतले भने, ‘कम्युनिस्टहरूलाई भने जस्तो भएन भने काटमार गर्छन्’, उनले भने, ‘हामीले दिएको रगत ती कम्युनिस्टलाई काम लाग्छ । रगतमा मानवीयता छ । रगत पैसा तिरेर पनि पाइँदैन ।’ देशभरिका खेलाडी र तरुणहरूले रगत अभाव नहुन रक्तदान गरेको उनले बताएका छन् । सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको बताएका छन् ।
‘हामीले १६ रुपियाँमा किनेको मास्क सररकाले ६५ रुपियाँमा किनेको छ । ल्याएका स्वास्थ्य सामग्री नक्कली भनेर गोदाममा थन्काएर राखिएको छ’, उनले भने, ‘ त्यसको पैसा कसले तिर्ने ? ओलीले तिर्ने हो ?’
‘वाइड बडीमा प्रधानमन्त्रीले भ्रष्टाचार भएको छैन भन्नुभयो । आफ्नो पार्टीका मान्छेलाई बचाउनुभयो’, उनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा ठूलो रकम भ्रष्टाचार भएको छ । अख्तियारले छानविन गर्नुपर्छ ।’
त्यस्तै सो कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग सचिब तथा नेका युवा नेता मीन कृष्ण महर्जनले कम्युनिस्टको कारण लोकतन्त्र धरापमा परेको बताए । महर्जनले कम्युनिस्ट कै कारण राजनितिक दकमाथि बिश्वास गुम्दै गएको इतिहासमा अहिलेसम्मकै नालाएक र भ्रष्टाचारीमा चुर्लुम्मै दुबेको समेत महर्जन बताए । देशमा रगतको अभाबको कारण ब्लड बैँकमा समेत रगतको अभाबको कारण पनि नेपाली जनताको मृत्यु नहोस् भन्ने उद्देश्यका साथ कांग्रेस केन्द्रिय खेलकुद बिभागले साताव्यापी रुपमा देशभरी रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ । आज भएको रक्तदान कार्यक्रममा ८६ जनाले रक्तदान गरेका थिए ।