तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

4.2k Shares

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ सय रुपैयाँमा भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भइरहेको छ । 

सम्बन्धित समाचार