रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त

18.2k Shares

ललितपुर । रातो मच्छिन्द्र नाथको रथ तान्ने विषयलाई लिएर स्थानीय र प्रहरीबीच विवाद बढेपछि दोहोरो भिडन्त भएको छ । 
स्थानीयले जिल्ला प्रशासनलाई पटक—पटक रथ तान्नका लागि आग्रह गर्दै आए पनि विश्वभर महामारी फैलिएको कोरोना भाइरसका कारण प्रशासनले रोक्दै आइरहेको थियो । 
स्थानीयले आज प्रशासनले लामो समयदेखि रोकिराखेको रातो मच्छिन्द्र नाथको रथ आज तान्ने प्रयास गरेपछि प्रहरी र स्थानीयवासीबीच दोहोरो भिडन्त भएको हो । भिडन्तमा प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा हानेको छ भने स्थानीयले दुई जना ट्राफिकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्  । त्यसपछि अहिले यो समाचार तयार पार्दासम्म स्थानीय र प्रहरीबीच दोहोरो भिडन्त भइरहेको छ । 
 

सम्बन्धित समाचार