6.3k
Shares
काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि नयाँ लाइसेन्सका लागि आवेदनका लागि आज २८ कात्तिकदेखि बन्द भएको छ ।
इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्सका लागि आवेदन दिने प्रणाली अर्को सूचना नआउँदासम्म बन्द रहने विभागले जनाएको छ ।
जेएनजीको २३ र २४ भदौको आन्दोलनका कारण विभागमा ठूलो क्षति पुगेपछि लाइसेन्ससँग सम्बन्धित सेवाहरू अवरुद्ध भएका थिए । १६ कात्तिकबाट आंशिक रुपमा खुलेको नयाँ लाइसेन्सका लागि आवेदन दिने काम फेरि रोकिएको हो ।
