मोदी र नितिश गठबन्धनलाई बहुमतको आँकडा

6.6k Shares

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको सबैभन्दा ठूलोमध्येका विहार विधानसभा निर्वाचनको मतगणना चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीए गठबन्धन पूर्ण बहुमततर्फ अघि बढेको छ ।
मतगणनाको प्रारम्भिक रुझानमा लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको आरजेडी र राहुल गान्धी नेतृत्वको कांग्रेससहित वामपन्थी गठबन्धन ८० सीटभन्दा तलै देखिएको छ । २४३ सीटका लागि भएको निर्वाचनको सबै क्षेत्रमा गणना चलिरहँदा एनडीए १६० सीटभन्दामाथि अग्रता लिइरहेको छ । बहुमतका लागि १२२ सीट आवश्यक पर्छ ।
अहिलेसम्म कुनै पनि क्षेत्रको मतगणना सम्पन्न भएको छैन । दलगतरूपमा पहिलो नम्बरमा नितिश नेतृत्वको जेडियू, दोस्रोमा बीजेपी र तेस्रोमा तेजश्वीको आरजेडी देखिएका छन् । आरजेडीका नेताहरूले यो प्रारम्भिक रुझान् भएकाले अन्तिममा परिणाम फरक आउने दाबी गरेका छन् । तर, बीजेपी र जेडियूको सत्ता गठबन्धनले विजयोत्सव मनाउन थालिसकेका छन् ।

सम्बन्धित समाचार