भीम रावलले भने- नेकपाबाट विछोड हुँदाको आलो घाउमा मल्हमको महसुस भइरहेको छ

6.1k Shares

काठमाण्डाैँ । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब पार्टी संगठनलाई बलियो बनाएर लैजाने बताए । उनले नेकपा विभाजनको प्रसंग पनि सम्झिए ।

उनले भने, ‘जुन वेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ । आज फर्किएर नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत यहाँ छौँ । त्यो विछोडको आलो घाउमा मल्हम लागेको महसुस भइरहेको छ ।’

सम्बन्धित समाचार