बुद्ध जन्मोस निरन्तर

8.9k Shares


नेपाल जननी माता एउटै गर्छु पुकार है
अस्तित्वको सुरक्षार्थ उठाऊ तरबार है


तिम्रा सन्तति काखैमा करोडौं खेल्दछन् पनि
तारागण सरी टिमटिम प्रकाशै नदिने यिनी


विशाल रूप हो तिम्रो तिष्टा, खारी र काङ्गडा
बुझाए परचक्रीमा सन्तती पारि लङ्गडा


खाँचो छ चन्द्रको एउटै सूर्य झैं ज्योति चम्कने
वीर होस्, भद्र होस् तिम्रै लक्ष्यमा नित्य लम्कने


हिटलरै जन्मिए हुन्छ, माओ नि ठिक्क हुन् तर
नेपाली भूमिमा एउटै बुद्ध जन्मोस् निरन्तर


मातृरक्षा गरीराखोस् सदैव प्रहरी बनोस्
वीर-वीराङ्गनाले झैं राष्ट्रसेवा गरी रहोस्

सम्बन्धित समाचार