काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन घाटका लागि आठ वटा ठाउँ तोकेको छ ।
काठमाण्डौ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज पत्रकार सम्मेलनको आयोजना गरी कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल मैदान र रामघाटमा छठ मनाउनका लागि ठाउँ तोकिएको जानकारी दिनुभयो ।
यी ठाउँहरूमा महानगरले सरसफाइको काम शुरू गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो । उहाँका अनुसार तीन सय जनाभन्दा धेरै सरसफाइकर्मी खटिएका छन् ।
काठमाण्डौ महानगरले छठ पर्व मनाउनका लागि कुनै कमी नहुने गरी व्यवस्थित रूपमा तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । छठ पर्वका नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने पाण्डेले बताउनुभयो ।