बंगलादेशमा शेख हसिनालाई सुनाइयो फासीको सजाय

7.6k Shares

काठमाडौं- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्।

ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई फासीको सजाय सुनाएको हो। समाचारअनुसार अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको हो । अदालतको फैसला प्रत्यक्ष प्रसारण भइरहेको छ।

ढाकामा अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले उनलाई मानवताविरुद्धको अपराधको दोषी ठहराउँदै हत्या घटनाका मुख्य योजनाकार ठहराएको छ।

हसिनाको मुद्दामा फैसलापछि देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता घोषणा गरेको छ। ढाकामा १५ हजार प्रहरी परिचालन गरिएको छ । हिंसात्मक प्रदर्शन भए गोली चलाउने आदेश दिइएको छ।

शनिबार रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी भएको छ। फैसलापछि हिंसा थप बढ्ने आशंका गरिएकोले देशभर सुरक्षा कडा गरिएको छ।

सम्बन्धित समाचार