हे परिवर्तन तिमी लुकेर बसेका छौ या रूठेर लुकेका छौ ? (भाग-३)

7.3k Shares

- डी. बी. नेपाली 

साँच्चै छातिमा हात राखेर भन्नु पर्दा याे देश बनेकाे र परिवर्तन भएकाे केवल पृथ्वी नारायण शाहकाे पालामा हाे त्यस पछिकाे इतिहास त पञ्चायती काल महेन्द्र र राजा बीरेन्द्रकाेे समय छाेडेर काेट्याउने हाे भने माधवर थापा देखि वर्तमान शुसिला कार्कीसम्म आइ पुग्दाकाे नेपालकाे राजनीतिक परिवर्तन भन्ने कि सत्ता खाेसाखाेस गर्ने षडयन्त्र भन्ने ?

नेपाल मेड चश्मा लगाएर्,याे मन त मेराे नेपाली हाे भन्ने धारणा बाेकेर हामी नेपाल हाेइन हाम्राे नेपाल भन्ने विचार र राष्ट्रप्रेमी बन्ने नाैटंकीबाज राजनेता, दल, पत्रकार, साहित्यकार, ब्यापारी, साेसल वर्कर भनाउदाहरु सबैलाई बिदेशी ऋण, सहयाेग र डाेनेशनकाे कुम्लाेले च्यापेर दास, विचाैलिया, तस्कर बन्न बाध्य भएकाे परिवर्तन तिमी टुलुटुलु हेरेर बसेकाे छर्लङ्ग छ । कसले कति समयसम्म शासन चलाउन सफल भयाे या ताेकिएकाे समय, पूर्ण कार्यकाल सत्ता चलाउन सकेन भन्दा पनि कसकाे कार्यकालमा देश र आमनागरिकले अमन चैन,न्याय कानुन र देशमा शान्तिकाे अनुभूति गर्न पाए भन्ने कुराकाे प्रमाण खासै कतै भेटिन्न तर पृथ्वी नारायणकाे समय बिशाल नेपाल निर्माण गर्न मै बित्याे भने उनका उत्तराधिकारीहरु असक्षम भै दिंदा राणाहरुले सत्ता कब्जा गरेर राजाहरुलाई कठपुतली, हत्या या देश निकाला गर्दै षडयन्त्र र काण्डै काण्डमा १०४ बर्षसम्म क्रुर राणाशासन चलाएकाे परिवर्तन तिमी लुकेर हेरी बस्याै तर एउटा कुरा भने जति सुकै गाली गरे पनि भन्नेै पर्छ तिनै क्रुर राणाहरुकाे शासन कालमा गरिएका केही राम्रा कामहरुकाे प्रसंसा पनि गर्न सक्नु पर्छ ।

राणा शासकले गरेका केही राम्रा कामहरु:-

जङ्गबहादुरले गरेकाे मुलुकी ऐन र दरबार स्कुल, रणोद्दीप - पात्रो प्रकाशन तथा मालपोत उठाउने व्यवस्था

वीर शमशेर - वीरधाराको व्यवस्था, पुलहरूको निर्माण, वीर अस्पताल, वीर पुस्तकालय र घण्टाघरको निर्माण/स्थापना

चन्द्र शमशेर --सती प्रथाको उन्मूलन, दासमोचन, बिजुली बत्तीको व्यवस्था, त्रि–चन्द्र कलेजको स्थापना, गोरखा भाषा प्रकशिनी समितिको स्थापना, रेल्वे आदिको विकास, नेपालको नक्सा

भीम शमशेर - नून र कपासमा भन्सार माफगरि कपास खेतीलाई प्रोत्साहन ,जुद्ध शमशेर पहिलो पटक नेपालमा नपाल बैँकको स्थापना, देव शमशेर- गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय  १०–५ बजे निर्धारण, सरकारी बिदाको व्यवस्था, पाठशालाहरूको स्थापना 

देव शमशेर - गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय  १०–५ बजे निर्धारण, गोरखापत्रको प्रकाशन प्रारम्भ, सरकारी समय  १०–५ बजे न उद्योगको विकास, उच्च अदालत, दमकल, म्यूजियम र चिडियाखानाको स्थापना , पद्म शमशेर - पहिलो संविधान जारी, काठमाडौँ म्यूनिसिपालिटी स्थापना

मोहन शमशेर आकाशवाणीको स्थापना र राष्टिय आर्थिक समिति गठन । क्रमश:--

सम्बन्धित समाचार