नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

6.7k Shares

काठमाण्डौ – काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाण्डाैको नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गर्नुभएको छ । दुलालले आफ्नो विशेष कलासहित आवाज प्रस्तुत गर्दै कागलाई आकर्षित गर्नुभयो ।

आज बिहान पौने ६ बजे शुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकालेर काग भेला गर्नुभएको थियो । दुलालले कागसहित एक सय ७३ प्रकारका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्नुहुन्छ ।

उहाँले विगतका वर्षमा रत्नपार्कको शान्ति बाटिका, विमानस्थल परिसरलगायत क्षेत्रमा ‘काग सम्मेलन’ गर्दै आउनुभएको थियो । काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भएको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार