7.4k
Shares
काठमाण्डौ – ललितपुरको जावलाखेल मैदानमा चलिरहेको १८औं गोदावरी पुष्प मेला आज चौथो दिन बिहानैदेखि चहल पहल शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा गएको असोज २९ गतेदेखि शुरु भएको मेला भोलिसम्म चल्नेछ । हिजोसम्म मेलामा ४५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भएको आयोजकले जनाएको छ ।
आज शनिवार भिडभाड तथा कारोबार थप बढ्ने अनुमान छ । मेला अवधिभर कुल कारोबार एक करोड रुपैयाँभन्दा धेरैको हुने फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताउनुभयो । तिहार र छठ पर्वलाई लक्षित गरी पुष्प मेला आयोजना गरिएको हो । देशभर ५२ जिल्लामा फूल खेती हुँदै आएकोमा ५३ हजारभन्दा धेरै जनशक्तिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा रोजगार पाएका छन् ।