टेलर स्विफ्टको ‘द लाइफ अफ अ शोगर्ल’ ले तोड्यो एडेलको रेकर्ड

10.1k Shares

काठमाडौं– अमेरिकी पप सुपरस्टार टेलर स्विफ्टले फेरि एकपटक संगीत जगतमा नयाँ इतिहास रचेकी छिन्। स्विफ्टले असोज १९ गते  सार्वजनिक गरेको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले रिलीज भएको पहिलो सातामै अभूतपूर्व सफलता हासिल गर्दै नयाँ विश्व रेकर्ड बनाएको छ।

हलिउड बिलबोर्ड म्युजिक चार्टको रिपोर्ट अनुसार, स्विफ्टको यो १२औं स्टुडियो एल्बमले केवल पाँच दिनमै ३५ लाख युनिट्स बिक्री गर्दै ब्रिटिश गायिका एडेलको दशक पुरानो रेकर्ड तोडेकी छिन्। 

एडेलले सन् २०१५ डिसेम्बरमा आफ्नो चर्चित एल्बम ‘२५’ मार्फत पहिलो सातामा ३४ लाख   युनिट्स बिक्री गर्दै रेकर्ड कायम गरेकी थिइन्, त्यो समयदेखि अहिलेसम्म ।

सम्बन्धित समाचार