सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ४० हजार नजिक

5.8k Shares

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य समेत ३ हजार ३५ रुपैयाँ पुगेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर कारोबार भएको हो । 

सम्बन्धित समाचार